काठमाडौं । संसद्को सोमबारको बैठक अपराह्न ४ बजेका लागि बोलाईएको छ । सोमबार पनि बैठकको अध्यक्षता आईतबार ज्येष्ठ सदस्यको हैसियतमा सांसद्हरुको सपथ ग्रहण गराएका महत्थ ठाकुरकै अध्यक्षतामा बैठक बस्नेछ । बैठकको सुरुमा नै ज्येष्ठ सदस्यको हैसियतमा राजपा नेता महन्थ ठाकुरले राष्ट्रविद्यादेवी भण्डारीले संसद् अधिवेशनको लागि पठाएको पत्र पढेर सुनाउने कार्यतालिका रहेको छ ।
त्यस्तै, पत्र पढिसकेपछि प्रतिनिधि सभाको अन्तरिम कार्यविधि २०७४ लाई पारित गर्नको लागि बैठकसमक्ष पेश गर्ने कार्य तालिका रहेको छ । त्यसपछि प्रतिनिधि सभाको अन्तरिम कार्यविधि अनुसार सभामुखको अनुपस्थितीमा बैठकको अध्यक्षता गर्ने सदस्य चयन गर्ने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकको अन्त्यमा सभामुख चयनको लागि निर्वाचनको मिति तय गरेर बैठक समापन हुने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ ।

369 पटक हेरिएको 

