पाकिस्तानी प्रधानमन्त्री नेपाल अाउँदै

काठमाडौं । दुईदिने औपचारिक नेपाल भ्रमणका लागि पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी आज काठमाडौं अाउँदैछन् ।नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन उनी नेपाल आउन लागेका हुन्।

 

विशेष विमानमार्फत ३२ सदस्यीय टोलीसहित अब्बासी दिउँसो २ बजे आउने परराष्ट्र मन्त्रालयले जनाएकाे छ । पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई टुँडिखेलस्थित सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ दिइने भएको छ। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमै गार्ड अफ अनर दिने परम्परा रहेको थियो।

प्रधानमन्त्री अब्बासी इस्लामाबादबाट विशेष विमानमार्फत त्रिभुवन विमानस्थल उत्रनेछन्। उनी त्यसपछि सोझै होटल हायत जानेछन् र साढे ५ बजे टुँडिखेल आउनेछन् । टुँडिखेलमै प्रधानमन्त्री ओलीले स्वागत गर्ने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार