काठमाडौं । सर्वाेच्च अदालतले अवहेलना मुद्दामा डा गोविन्द केसीलाई ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश जारी गरेकाे छ । प्रधानन्यायाधीश गाेपाल पराजुलीको एकल इजलाशले केसीविरुद्ध परेको अवहेलना मुद्दाको सुनुवाई गर्दै प्रधानन्यायाधीश पराजुलीले डा केसीलाई अदालत उपस्थित हुन आदेश जारी गरेका हुन् ।
डा केसीले अदालतलाई होच्याउने र प्रधानन्यायाधीशलाई अपराधी, माफिया र डनजस्ता शव्द प्रयोग गरी अदालतको अवहेलना गरेको दाबी गर्दै गोविन्द बोहोराले फागुन १६ मा अवहेलना मुद्दा दर्ता गराएका थिए ।

379 पटक हेरिएको 

