राष्ट्रपतिका लागि भण्डारी र राइबीच प्रतिस्पर्धा हुने

काठमाडाैँ । फागुन २९ गते हुने राष्ट्रपतिको चुनावमा वर्तमान राष्ट्रपति विद्यादेवि भण्डारीलाई एमाले र माओवादीको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनलाई माओवादी केन्द्रका तर्फबाट पूर्वसभामुख ओनसरी घर्ति र गृहमन्त्री रामबहादुर थापाले समर्थन गरेका हुन् ।

उम्मेदवारी दर्ता गराएपछि राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा मध्यस्तताको काम गरेको दावी गर्दै संविधान कार्यान्वयनका लागि भुमिका आवश्यक देखेर उम्मेदवारी दर्ता गरेको बताइन् ।

भण्डारीको विपक्षमा उम्मेदवारी दर्ता गरेको काँग्रेसले राष्ट्रपति भण्डारीले राष्ट्रियसभामा सदस्य मनोनित लगायतमा अभिभावकीय भुमिका खेल्न नसकेको भन्दै असहमति दर्ज गर्न पनि उम्मेदवारी दर्ता गरेको बताएको छ ।

राष्ट्रपति चुनावमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा सदस्यहरुले मतदाता हुने संवैधानिक व्यवस्था छ । कूल ८ सय ८४ सदस्य मतदाता रहने व्यवस्था भएपनि कैलाली क्षेत्र नम्बर–१ का सांसद रेशमलाल चौधरी, राष्ट्रियसभामा मनोनित गरेका ३ जना सदस्य र मनाङबाट चुनाव जितेका राजीव गुरुङ भने चुनावमा सहभागी हुन पाउने छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार