विश्वकप छनाैटः स्कटल्याण्डसँग भिड्दै नेपाल

काठमाडौँ, २३ फागुन । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ ।

नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन । चार वर्षअघि न्यूजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको नेपाल विश्वकप क्रिकेट लिगको दुवै खेलमा पनि पराजित भएको थियो ।

पहिलो खेलमा जिम्बावेसँग ११६ रनको फराकिलो अन्तरले पराजित भएको नेपाल र प्रतियोगितामा दुई खेल खेलेको स्कटल्याण्डले दुवैमा जित हासिल गरेको थियो ।  पहिलो खेलमा हार बेहोरेको नेपालले बाँकी तीन खेलमध्ये दुई खेलमा जितका साथै राम्रो नतिजा ल्याउन आवश्यक छ ।

समूह ‘बी’ मा रहेको नेपालले स्कटल्याण्डसँगै अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ । चार अंक जोडेको स्कटल्याण्ड शीर्ष स्थानमा छ भने समान चार अंक नै जोडेको जिम्बावे रनरेटको आधारमा दोस्रो स्थानमा छ । दुई खेल खेलेको अफगानिस्तान अंकविहीन रहँदै तेस्रो स्थानमा छ भने समान एक/एक खेल खेलेका हङकङ र नेपाल क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । दुवै टोली अंकविहीन छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार