राष्ट्रपति चुनावका लागि अन्तिम नामावली प्रकाशित

काठमाडौं । राष्ट्रपति निर्वाचन कार्यालयले राष्ट्रपति निर्वाचनकाे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । कार्यालयले बिहिबार साँझ राष्ट्रपति उम्मेदवारका अन्तिम नामावली सार्वजनिक गरेको हो । प्रकाशित नामावलीमा पहिलोमा कुमारी लक्ष्मी राई र दोश्रोमा विद्यादेवी भण्डारी रहेका छन् ।

उनीहरु दुवै जनाले बुधबार निर्वाचन आयोगअन्तर्गत राष्ट्रपतिकाे चुनाव गर्ने कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवार माथिको दाबी विरोध र उम्मेदवारीको फिर्ताका लागि निर्धारण गरिएको समय सकिएपछि कार्यालयले राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो ।

राष्ट्रपतिको निर्वाचन कार्यालयले मतदानका लागि फागुन २९ गते १० बजेदेखि अपरान्ह ३ बजे सम्मको समय तोकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार