जिम्बावेमा जारी आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा शनिबार नेपालले आफ्नो तेस्रो खेलमा अफगानिस्तानको सामना गर्ने भएको छ । बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे नेपालले अफगानिस्तानसँग खेल्न लागेको हो ।
सुपर सिक्समा आफनो स्थान सुरक्षित गर्नका लागि नेपाललाई खेल जित्नैपर्ने दबाब छ । लगातार दुई खेलमा नेपालले हार बेहोरेको छ । नेपालले एक दिवसीय मान्यता पाउनका लागि बाँकी दुबै खेल जित्नैपर्ने हुन्छ ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रन तथा दोस्रो खेलमा स्कटल्याण्डसँग चार विकेटको हारेको थियो । एक दिवसीय खेलमा नेपाल र अफगानिस्तान अहिलेसम्म सात पटक भिडेका छन् । अफगानिस्तान ६ खेलमा र नेपाल एउटा खेलमा विजयी भएको छ ।

414 पटक हेरिएको 

