नेपालले अफगानिस्तानलाई दियो १ सय ९५ रनको लक्ष्य

काठमाडौँ । आइसीसी विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले अफगानिस्तान समक्ष १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जिम्बाब्वेको बुलावायो शहरस्थित बुलावायो एथ्लेटिक क्लब मैदानमा जारी खेलमा नेपाल निर्धारित ५० ओभरको इनिङ सकिन १ बल अघि सबै विकेट गुमाउँदै १ सय ९४ मा समेटिएपछि अफगानिस्तानले १ सय ९५ रनको लक्ष्य पाएको हो ।

नेपालका लागि कप्तान पारस खड्काले ७५ रन बनाए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३२ तथा उपकप्तानल ज्ञानेन्द्र मल्ल र आरिफ शेखले समान २३ रन बनाउनुबाहेक अरु ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अफगानिस्तानका मोहम्मद नबीले ४ विकेट लिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार