माअाेवादी केन्द्रका नेता महरा सर्वसम्मत सभामुख चयन

काठमाडौं । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुखमा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकले सभामुख पदका लागि एकमात्र उम्मेदवार महरालाई सर्वसम्मत सभामुख चयन गरेको हो। नेकपा एमालेकाे प्रस्तावमा सभामुख निर्वाचित भएका महरालाइ प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका हैसियतले सभाको अध्यक्षता गरेका महन्थ ठाकुरले महरालाई निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

प्रतिनिधिसभा निर्वाचनमा दाङ– २ बाट निर्वाचित महरा यसअघि ७ पटकसम्म मन्त्री भइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार