
२३ आसोज, काठमाडौं : – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौंको शान्तिनगरस्थित प्रयागमार्गमा गोली हानि हत्या गरीएको छ । मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिहरुले बानेश्वरको खरिबोटमा गोली हानि हत्या गरेका हुन् । प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुई व्यक्तिहरुले गौचनलाई गोली प्रहार गरेका थिए । गोले प्रहारबाट गौचनको बाँया कोख,छाती र टाउकोमा गोली लागेको थियो । त्यस लगत्तै बानेश्वरस्थित सिभिल अस्पताल पुर्याए पनि उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए ।

गौचनले ०४० देखि डाँफे कन्स्ट्रक्सन कम्पनीको नाममा निर्माण व्यवसाय शुरु गरेका थिए । गौचनले तीन कार्यकाल सचिव र एक कार्यकाल महासचिव भएर हाल महासंघको अध्यक्ष थिए ।
गौचनका दुई छोरी,एक छोरा,श्रीमती र आमा छन् ।

1879 पटक हेरिएको 

