२३ असोज, काठमाडौँ :- विवेकशील साझा पार्टीले आसन्न प्रदेशसभा चुनावमा नुवाकोट- १, बाट यूवा नेता, लेखक तथा व्यवसायी विमल तामाङलाई उठाउने निर्णय गरेको छ । पार्टीको आज काठमाडौंमा बसेको बैठकले तामाङलाई उठाउने निर्णय गरेको हो ।

तामाङले १ नम्बर बाट पार्टीले आफूलाई उठाउने निर्णय गरेसंगै भोलिबाट भेटघाट तथा छलफल कार्यक्रमलाई तीब्रता दिईने रिलेटेड खबरलाई जानकारी दिनुभयो ।
२ वटा निर्वाचन क्षेत्र रहेको नुवाकोट दुईमा भने दामोदर नेपाललाई उठाउने निश्चित भएपनि अहिले आंकाक्षीको संख्या धेरै भएको र पार्टी प्रवेश गर्नेहरुको लहर चलेकाले ढिला भएको नुवाकोट जिल्ला निर्बाचन परिचालन समितीका संयोजक समेत रहनू भएका तामाङले जानकारी दिनुभयो ।

विवेकशील साझा पार्टीले नुवाकोटको सामानुपातिकतर्फको उमेद्वारको टुगो लगाएपनि प्रत्यक्ष तर्फ अझै केही दिन लाग्ने जनाएको छ ।

6861 पटक हेरिएको 

