धनगढीमा गृहमन्त्री थापाले भने– अब सुनका मालिक पक्राउ पर्छन्

कैलाली । गृहमन्त्री रामबहादुर थापाले सुन काण्डका ठुला माछा पनि छिट्टै समातिने बताउनुभएको छ । प्रदेश नम्बर ७ स्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुन धनगढी पुग्नुभएका गृहमन्त्री थापाले सुनकाण्डका अभियुक्तहरु धमाधम पक्राउ पर्ने बताउनुभयो । भरिया मात्रै समातिने गरेकोमा अब मालिकहरु समातिने क्रम सुरु भएको उहाँले बताउनुभयो ।

गृहमन्त्रालयको एक पछि अर्को कारवाही पछि अपराधीहरुले सरकार विरुद्ध खनिएपनि कानुनको उल्लंघन गर्नेलाई कारवाही गरेरै छाडने गृहमन्त्री थापाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सीमामा भईरहेको तस्करी, लागुपदार्थको कारोवार, विभिन्न बहानामा भईरहेको सिन्डीकेट र निर्माण ब्यवसायीले जिम्मा लिएको काम समयमै गर्ने वातावरण भए नेपालले छिट्टै विकास र समृद्धिमा बढ्ने उहाँको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार