नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

१६ असार, चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोको कारण फेरि अवरुद्ध भएको छ । विहानैदेखि सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारीसाधन विचबाटोमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ कालिखोेलामा विहान सवा ८ बजे पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएरातिको अविरल वर्षाका कारण खसेको पहिरो हटाउने प्रयास भइरहेको ट्राफिक प्रम्ुख सन्तोष पन्तले जानकारी दिए ।

बाटो फराकिलो पार्ने काम भइरहेकाले नारायणगढ-मुग्लिन सडकखण्डमा पटक-पटक पहिरो गएर बाटो अबरुद्ध हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार