२४ असोज, काठमाडौं :- आसन्न गैरआवसिय नेपाली संघको आठौं अन्तराष्ट्रिय सम्मेलनमा मध्यपुर्वका उमेद्वारहरुले कामदारको हक हितका विषयलाई प्रमुख एजेन्डा बनाएका छन् ।

बैदेशिक रोजगार प्रत्रकार समाजले आज काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एनआरएनए अन्तराष्ट्रिय सम्मेलनका सचिव पदका प्रत्याशी डिवी क्षेत्रीले मध्यपुर्वमा कामदारको धेरै समस्या देखिएको र त्यसलाई सामुहिक रुपमा समाधान गरिने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा एनआरएनए मध्यपुर्वका संयोजक राजेन्द्र कुमार (आर.के.) शर्माले कतारमा धेरै नेपालीले सरकारले तोके अनुसार तलव नपाउनुमा सरकार समेत जिम्मेवार भएको बताउनुभयो । उहाले सरकारले कतारमा जाने नेपाली कामदारको न्यूनतम पारिश्रमीक लागु गर्यो, तर कार्यन्यनको तर्फ ध्यान जान सकेन ।
कार्यक्रममा मध्यपुर्वका सहसंयोजक प्रविन गुरुङले लामो समयदेखि आफु सामाजिक कार्यमा कृयाशिल हुदै आएको र अझ संगठन वसेर धेरै काम गर्न सकिन्छ भन्ने उदेस्यले मध्यपुर्वको तर्फबाट सहसंयोजक पदमा उमेद्वारी घोषणा गरेको बताउनुभयो ।
कार्यक्रममा गैरआवसिय नेपाली संघ एनसिसी कतारका अध्यक्ष नगेन्द्र प्रसाद पोखरेल (नबिन) सरकारले निशुल्क भिसा र टिकटको निर्णय ल्याएपनि त्यो व्यवहारिक हुन नसकेको धारणा राख्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा एनआरएनए पदका उपाध्यक्ष पदका उमेद्वार नरेन्द्र भाट, बैदेशिक रोजगार प्रत्रकार समाजका अध्यक्ष निरन्जन ज्ञवाली लगायतले आ आफ्नो धारणा राखेका थिए ।

1338 पटक हेरिएको 

