काठमाडौं १४ । महोत्तरीको पाटुमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । गौरीबास काठमाडौं समाजको आयोजनामा वर्दिवास नगरपालिका–३, पाटु स्कुलमा शिविरको आयोजना गरिएको हो ।

शिविरमा त्यस भेगका करिव आठ सय विरामीहरुले निशुल्क परिक्षण गनुको साथै औषधी समेत निशुल्क वितरण गरिएको समाजका अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिनुभयो ।
पाटुमा पहिलो पटक आयोजना गरिएको शिविरले त्यस भेगका जनता लाभान्वियत भएको शिक्षा, विज्ञान तथा प्रवृधी मन्त्री गिरीराजमणी पोखरेलले बताउनुभयो । उहाले आगामी दिनमा पनि यस्ता शिविरलाई निरन्तरता दिन समेत आग्रह गनूभएको थियो ।

शिविरमा दा“त तथा मुख रोग, हाडजोर्नी, नशा, बाल रोग, स्त्री, पेट, आ“खा, छाला, मुत्र रोगको परिक्षण गरिएको थियो । त्यसमा बृद्ध र बृद्ध उमेरमा लाग्ने रोगीहरुको संख्या वढीरहेको समाजका सचिव गणेश अधिकारीले बताउनुभयो ।
शिविरमा वर्दिवास नगरपालिकाका मेयर विदुर कार्की, ३ नम्वर वडा अध्यक्ष राजन ढुंगाना, विधालयका प्रधानाध्यापक अर्जुन पोखरेल लगायतको उपस्थिती रहेको थियो । उनीहरुले आफुनु ठाउ“मा आई शिविर संचालन गरेकोमा गौरीवास काठमाडौं समाज, अं समाज डेण्टल अस्पताल, हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पताल लगायतलाई विशेष धन्यवाद समेत दिएका थिए ।

कार्याक्रममा त्यसै क्षेत्रका वरिष्ठ चिकित्सक सुभाष घिमिरे र उनका दाजु श्याम घिमिरेले त्यहा“को स्वास्थ्य चौकी विस्तार गर्न दिएको ५ कठ्ठा जग्गामा सुबिधा सम्पन्न स्वास्थ्य केन्द्र बनाइने बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्कीले प्रतिबद्धता समेत जनाउनुभएको थियो ।

591 पटक हेरिएको 

