ललितपुरमा, धुमपान दिवसका अवसरमा र्‍याली

काठमाडौं १७,  ललितपुर स्थित नेपाल अर्बुद रोग निर्वारण संस्थाले विश्व धुमपान दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । संस्थाले धुमपानबाट हुने जोखिम न्यूनीकरणका लागि शुक्रवार ललितपुरको लगनखेल क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा विभिन्न माध्यमिक विधालयका करिव ४ सय ८० जना भन्दा वढी विधार्थीहरु सहभागी थिए । उनीहरुले सुर्तिजन्य पदार्थबाट हुने जोखिम र यसबाट हुने जोखिम न्यूनीकरणका लागि अप्नाउनुपर्ने सावधानका वारेमा लेखिएका  विभिन्न व्यानर, प्लेकार्डहरु वोकेर शहरको परिश्रमा समेत गरेका थिए ।

र्‍यालीमा सहभागी अर्बुद रोग निवारण संस्थाका सचिब   केदार काकीले संस्थाले प्रत्येक वर्ष यसरीनै स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने कार्यक्रम गदै आएको र त्यसैको निरन्तरता स्वरुप यो वर्षपनि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाले यस्ता कार्यक्रमले सुर्तिजन्य पदार्थबाट लाग्ने रोग न्यूनीकरणका लागि ठुलो मद्धत पुग्ने विश्वास समेत व्यक्त गर्नूभयो ।

कार्यक्रममा ललितपुर अर्बुद रोग निवारण संस्थाका अध्यक्ष शैलेन्द्र प्रधान, त्यस क्षेत्रका वुद्धिजिवीहरु, समाजसेवी लगायतको ठुलो उपस्थिती रहेको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार