२

४ असोज, काठमाडौं :- आसन्न गैरआवसिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको नयाँ नेतृत्वका लागि मध्यपुर्वको संयोजकमा धरम केसीले उमेदवारी दिने घोषणा गरेका छन् । लामो समयदेखि गैर आवसिय नेपाली संघ,एनसीसी, साउदी अरेवियामा सक्रिय केसीले मध्यपुर्वको संयोजक पदमा उमेद्वारको घोषणा गरेका हुन् ।
हाल एनआरएनए आईसिसी अन्तरगत बैदेशिक रोजगार तथा आप्रवासी कल्याण समितीको संयोजक समेत रहनू भएका केसीले खाडी मुलुकमा रहेका नेपाली कामदारको समस्या उजागर गरी समाधानका लागि पहल गर्न आफुले उमेद्वारको घोषणा गरेको बताउनुभयो । उहाले परोपकार, सुशासन, सीप, समृद्धि र पुर्नस्थापना समेटेर घोषणा पत्र जारी गरेको समेत बताउनुभयो ।
खाडी मुलुकमा रहेका नेपाली कामदारको समस्याका विषयमा जानकार केसीले आफु इमान्दार, क्षमतावान, कामदारमैत्री भएकाले चुनाव जित्ने प्रमुख आधार पनि त्यही भएको बताउनुभयो ।

गैरआवसिय नेपाली संघ, एनसिसी, साउदी अरेवियाका पुर्व अध्यक्ष समेत रहनु भएका केसीले एनआरएनको चुनाव भड्किलो वन्दै गएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो । उहाले एनआरएनको सम्मेलनलाई शुन्य लागतमा गर्ने व्यवस्था मिलाउनुपर्ने धारणा समेत राख्नुभयो ।

केसी कामदारको हक हितका विषयमा प्रष्ट बक्ताका रुपमा चिनिन्छन् ।

2106 पटक हेरिएको 

