काठमाडौं १० । सर्लाहीको, हरिवनमा दुई दिने खोजमुलुक प्रत्रकारिता तालिम सम्पन्न भएको छ । बैदेशिक रोजगार प्रत्रकार समाजले २ नम्वर प्रदेश र सिन्धुली जिल्लामा कृयाशिल प्रत्रकारलाई समेटेर बैदेशिक रोजगार सम्वन्धी खोजमुलुक तालिम प्रदान गरेको हो ।

बैदेशिक रोजगार प्रवद्धन वोर्डको सहयोगमा संचालित तालिममा दुई नम्वर प्रदेश र सिन्धुली जिल्लाका ५० जना प्रत्रकारहरु सहभागी थिए । उनीहरुले तालिम निकै फलदायी भएको र यसले आगामी दिनमा बैदेशिक रोजगार सम्वन्धी समाचार लेखनमा मद्धत पुग्ने विश्वास समेत व्यक्त गरे ।

प्रशिक्षण कार्यक्रममा वोर्डका निर्देशक मोहन अधिकारीले विदेशिने नेपाली कामदारको अधिकार, भ्रम र यथार्थको वारेमा प्रष्ट पार्नुभएको थियो
मुख्य प्रशिक्षक तथा प्रत्रकार रुद्ध खड्काले प्रत्रकारको भुमिका र यस क्षेत्रमा भुल्नु नहुने विषयका वारेमा स्मरण गराउनुभयो ।

सहयोगी समाजको समन्वयमा आयोजना गरिएको तालिममा बैदेशिक रोजगार प्रत्रकार समाजका अध्यक्ष हरी थापाले पहिलो चरणमा २, नम्वर प्रदेशलाई पाथमिकता दिएको र अन्य प्रदेशमा पनि यसैगरी तालिम दिदै जाने सोच रहेको बताउनुभयो ।

तालिममा बैदेशिक रोजगार प्रत्रकार समाजका उपाध्यक्ष उद्धव भटटराई, समाजका महासचिव रेशम पौडेल, कोषाध्यक्ष कोमलप्रसाद दुलाल, र जनकपुरका प्रत्रकार शशिकुमार दासले बैदेशिक रोजगार सम्बन्धी विविध विषयमा प्रशिक्षण दिएका थिए ।

1621 पटक हेरिएको 

