काठमाडौं । विश्वकप फुटबल २०१८ को नकआउट चरण पुग्ने १६ वटै टिमको टुंगो लागेको छ। शुक्रबार विहान इंग्ल्यान्डलाई हराउँदै बेल्जियम समूह ‘जी’ को समूह विजेता बनेसँगै अन्तिम १६ को समिकरण पनि पूरा भएको हो।
अब अन्तिम १६ का खेलहरु शनिबार रातिबाट सुरु हुँनेछन। पहिलो दिन फ्रान्स र अर्जेन्टिना तथा पोर्चुगल र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ।
अन्तिम १६ मा रसिया, उरुग्वे, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल, स्विटजरल्यान्ड, स्विडेन, मेक्सिको, बेल्जियम, इंग्ल्यान्ड, कोलम्बिया र जापान पुग्न सफल बनेका छन् ।

838 पटक हेरिएको 

