काठमाडौं । जुम्लामा अनसनरत डा गोविन्द केसीको अवस्था गम्भिर बन्दै गएको छ । स्वास्थ्य गम्भिर भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले निषेधित क्षेत्र तोड्दै डा केसीलाई अस्पताल पुर्याएका छन् ।
डा केसीलाई प्रतिष्ठानको शिक्षण अस्पतालको आइसियुमा राखिएको छ । अनसन बसिरहेका डा केसी अर्धचेत भएपछि डाक्टरहरुको टोलीले जबरजस्ती आइसियुमा लगेका हुन्। आइयिसुमा डा केसीको उपचार भइरहेको छ।
डा केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढथापा र डीएसपी डा तपन दाहालको टोली अस्पताल पुगेको छन्। उनीहरुले डा केसीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

415 पटक हेरिएको 

