काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठकबाट पारित भई पेश हुन आएका तीन विधेयकको प्रमाणीकरण गरेकि छन् ।
संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक २०७५, संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५ र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक, २०७५ लाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए ।

473 पटक हेरिएको 

