काठमाडौं । सरकारले पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गरेका नियुक्ती खारेज गरेको छ । बुधबार अबेर बसेको मन्त्रिपिरषद् बैठबले २०७४ भदौदेखि केपी ओली नेतृत्वको सरकार गठन हँदासम्मका सवै नियुक्ती खारेज गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको हो ।
ओली नेतृत्वको सरकार फागुन ३ गते गठन भएको थियो । यो हिसावले सात महिनाका नियुक्ती खारेज भएका छन् ।
नेपाल सरकारका विभिन्न मन्त्रालय अन्तगर्तका विभिन्न प्राधिकरण, संस्थान परिषद्, बोर्ड समिति, कम्पनी वैक वा अन्य संस्थामा मन्त्रीपरिषद भएका सवै नियुक्ती खारेज भएको सरकारका प्रवक्त्ता गोकुल बाँस्कोटाले बताए ।

524 पटक हेरिएको 

