६ असोज, काठमाडौं :- आसन्न प्रदेशसभा र प्रतिनिधीसभा चुनावका लागि विवेकशील साझा पार्टीले नुवाकोटको ५ वटा क्षेत्रमा उमेदवारी दिएको छ । दुई वटा प्रतिनिधी सभा र ४ वटा प्रदेश सभा रहेको जिल्लामा प्रतिनिधिसभा १ वाहेक सवैमा उमेदवारी दर्ता गराएको हो ।

पार्टीले क्षेत्र नं. १ को प्रदेश “क” मा यूवा नेता, व्यवसायी तथा लेखक विमल तामाङलाई उमेदवारी बनाएको छ । यो क्षेत्रमा बाम गठबन्धनबाट माओवादी केन्द्रका राधिका तामाङ र कांग्रेसबाट महेन्द्र थिङको उम्मेदवारी परेको छ । तामाङ उमेद्वार रहेको साझा पार्टीको जिल्लामा खासै राम्रो संगठन नभएपनि तामाङको व्यक्तित्वको प्रभाव जिल्लामा राम्रो रहेको स्थानियहरु बताउछन्।

त्यसैगरी, क्षेत्र नं १, को प्रदेश “ख” मा विवेकशील साझा पार्टीले कुष्ण प्रसाद अधिकारीलाई उठाएको छ । त्यो क्षेत्रमा बाम गठवन्धनले बद्रि मैनाली र नेपाली कांग्रेसले रमेश महतलाई उठाएको छ । त्यसैगरी, क्षेत्र नं २, बाट प्रतिनिधिसभा सदस्यको लागि पुरुषोतम अधिकारीले
उमेदवारी दिएका छन् । नेपाल जिल्लामा लामो समय देखि राजनीतिमा सक्रिय हुदै रिपोर्टस क्लव नुवाकोटका पुर्व अध्यक्ष समेत हुन् । उक्त क्षेत्रमा बाम गठवन्धनले नारायण खतिवडा र नेपाली कांग्रेसको तर्फबाट अर्जूृन नरसिंह केसीको उमेदवारी परेको छ ।

प्रतिनिधि सभाको क्षेत्र नं २, को प्रदेश “क” मा स्थानिय समाजसेवी दामोदर नेपाल उठेका छन् । सोही क्षेत्रमा वाम गठवन्धनबाट एमाले विदेश विभाग सचिव केशव पाण्डे र नेपाली काग्रेसले जगदिश नरसिंह केसीलाई अघि सारेको छ ।
प्रतिनिधि सभाको क्षेत्र नं २, को प्रदेश “ख” मा साझा पार्टीले कमान तामाङलाई उठाएको छ । त्यहाँ वाम गठवन्धनबाट एमाले जिल्ला अध्यक्ष हिरानाथ खतिवडा र नेपाली कांग्रेसले जगत लामालाई उठाएको छ ।

2318 पटक हेरिएको 

