काठमाडौं । चार नम्बर प्रदेशको नाम गण्डकी राखिएको छ । प्रदेशसभाले प्रदेशको स्थायी राजधानी र नामबारे सुझाव दिन समिति नै गठन गरेको थियो । सोही समितिले प्रदेशको नाममा विकल्पको रुपमा तमुवान–मगरात, गण्डकी लगायत दिएको थियो ।
पोखरालाई प्रदेशको स्थायी राजधानी यसअघि नै तोकिएको छ । प्रदेशसभाले शुक्रबार दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम ‘गण्डकी’ राख्ने प्रस्ताव पास गरेको हो। प्रस्तावको विपक्षमा दुई मत खसेको थियो भने पक्षमा ५४ मत खेसेको छ ।
सत्तारुढ दल नेकपामा गण्डकी कि तमुवान(मगरात भन्ने बहस थियो । तर, बुधबार संसदीय दलले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावमा सहमति जुटाएको थियो ।

1034 पटक हेरिएको 

