काठमाडौं । सर्वोच्च अदालतले माइतीघर लगायत उपत्यकाका अन्य क्षेत्रमा निषेधित क्षेत्र जारी गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालिन आदेश जारी गरेको छ।
सर्वाेच्चले असार २९ गते दुवै पक्षलाई छलफलमा बोलाउँदै उक्त मितिसम्म सो निर्णय कार्यान्वयन नर्गन आदेश जारी गरेको हो।
सर्वोच्चले माइतीघर मण्डलामा विरोध प्रर्दशनमा उत्रिएकाहरुलाई धरपकड नर्गन पनि अादेश दिएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटकाे सुनुवाइ गर्दै न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले सरकारलाई पनि छलफलमा बोलाउँदै यस्तो आदेश जारी गरेको हो।
उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले रोक लगाउनु पर्ने कारण लिखित रुपमा पेश गर्न समेत सरकारका नाममा आदेश जारी गरेको छ।

490 पटक हेरिएको 

