विश्वकपः सेमिफाइनलका खेल आजबाट शुरु

काठमाडाैँ । रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगरबारदेखि शुरु हुुने भएको छ । यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । यसैले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने निश्चित छ ।

सेमिफाइनलमा फ्रान्स, बेल्जियम, बेलायत र क्रोएसिया अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् । सेमिफाइनलमा मंगलबार फ्रान्सले बेल्जियमको सामना गर्दैछ । त्यस्तै बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा एक पटकको विश्व विजेता बेलायतले क्रोसियाको सामना गर्दैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार