काठमाडौं । अोली सरकारले बर्खास्त गरेका ५ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सरकारले अाफुहरूलाइ हटाउने निर्णय कानुन विपरित रहेको दाबी गर्दै कर्जा सुरक्षण कोषका प्रमुख बिष्णुबाबु मिश्र, नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष दिगम्बर झा, गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्याय, राष्ट्रिय सहकारी बोर्डका सह अध्यक्ष दक्ष पौडेल, खानेपानी संस्थानका महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले रिट दायर गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बैठकले पुर्ववर्ति शेर बहादुर देउवा सरकारले भदौ १४ गतेपछि गरेका राजनितिक नियुक्ति बदर गरेपछि उनिहरु बर्खास्तमा परेका थिए।

310 पटक हेरिएको 

