२७, काठमाडौं । नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ का अध्यक्ष केशब पुरी अमेरिकामा सम्मानित भएका छन् । पुरीलाई तेक्वान्दो क्षेत्रमा योगदान पुर्याए बापत अन्तर्राष्ट्रिय नेपाल तेक्वान्दो संघ, अमेरिकाले सम्मान गरेको हो । पुरी सगै संघले महासचिव रमेश खड्कालाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा अमेरिका तेक्वान्दो र नेपाली तेक्वान्दोबीच सहकार्य गरेर अगाडि बढ्ने समेत समझदारी भएको नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ का अध्यक्ष केशब पुरीले जानकारी दिनुभयो ।
कार्यक्रममा बिभिन्न संघ सस्थाका प्रतिनिधि , अन्तर्राष्ट्रिय नेपाल तेक्वान्दो संघका अध्यक्ष बिधान लामा, उपाध्यक्ष सबिता राजभण्डारी, किसोर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । पुरी र खड्का बिभिन्न संघ सस्थाको कार्यक्रममा भाग लिन एकसाता अघि अमेरिका प्रस्थान गर्नु भएको थियो ।

3452 पटक हेरिएको 

