काठमाडौं । नेकपा सचिवालय बैठकले नियमावली पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले नियमावली पारित गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
‘बैठकले पार्टी संगठनको एकताको आवधिक कार्ययोजना बनाउने निर्णय पनि गरेको छ’ श्रेष्ठले भने ।
श्रेष्ठले सचिवालय बैठक बिहिबार बस्ने र पार्टीका जनवर्गीय संगठनहरुको एकताका लागि समय तोकेरै कार्ययोजना बनाइने समेत जानकारी दिए ।
नियमावलीको टुंगो लगाउन नेकपाले नेताहरू वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन भएको थियो ।

760 पटक हेरिएको 

