नेकपा अध्यक्ष दाहाल भारत र चीन भ्रमणमा जाने

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निमन्त्रणामा प्रचण्ड भारत जान लागेका हुन् ।

प्रचण्डले साउन दोस्रो या तेस्राे साता भारत भ्रमण गर्ने तयारी रहेको स्रोतले जानकारी दियो । प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलगायतका प्रमुख पार्टीका अध्यक्षहरुसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

भारत भ्रमणबाट फर्किएपछि चीन भ्रमणमा जाने प्रचण्डको तयारी छ । प्रचण्डलार्इ चीन भ्रमणको निम्तो यसअघि नै अाइसकेको छ । चीनमा प्रचण्डले राष्ट्रपति सि जिनपिङलगायत कम्युनिष्ट पार्टीका नेताहरूलार्इ भेट गर्ने बताइएको छ ।

उत्तर कोरियाली राजदूत किम योङ हकले उत्तर कोरिया स्थापनाको ७७ औ वर्षको अवसरमा नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष प्रचण्डलाइ आगामी २४ भदौमा उत्तर कोरियाको भ्रमणका लागि औपचारिक निम्ता हस्तान्तरण गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार