सिन्धुपाल्चोकमा जिप दुर्घटना, ५ जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची मानेखर्क सडकमा गएराती दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना गम्भिर घाइते भएका छन् ।

किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नम्बरको बोलेरो ४ सय मिटर तल खस्दा ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोटाङका ६५ वर्षीय भीमबहादुर तामाङ, ६० वर्षीया जयरानी तामाङ, ५६ वर्षीय पोदोम तामाङ, ५३ वर्षीया नानी तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् ।

घाईते हुनेहरुमा रामबहादुर लामा , अश्मि श्रेष्ठ, मनमाया तामाङ, खुशि तामाङ, सुस्मिता वाईबा, शिर्षानी वाईवा , जिमी तामाङ र भिमजुनी तामाङ रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार