काठमाडौं । गंगामाया अधिकारीले अनसन तोडेकी छिन् । कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतसामू आत्मसमर्पण गरेपछि गंगामायले आज अनशन तोडेकी हुन् ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर वीर अस्पतालमा गंगामायाको अनशन तोडाएका हुन् । उनले सरकारलाई १५ दिनको लागि मात्रै आफूले अनशन तोडेको बताएकी छिन् ।

663 पटक हेरिएको 

