३० काठमाडौं । बैदेशिक रोजगार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएवापत सक्षम हयूमन रिर्सोस म्यानपावरका संचालक असगर अली सम्मानित भएका छन् । अलीलाई सत्–विचार राष्ट्रिय माशिक पत्रीकाको शनिवार राष्ट्रिय नाचघरमा आयोजित नवौं वार्षिक उत्सवको अवसरमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मकुमारी अर्यालले सम्मान गर्नुभएको हो ।

सम्मान पछि छोटो प्रतिक्रिया दिदै म्यानपावरका संचालक अलीले यो सम्मानले पछिल्लो समयमा बैदेशिक रोजगार क्षेत्रमा राम्रा व्यवसायीहरु पनि छन्, भन्ने सन्देश दिएको बताउनुभयो । उहाले आफुलाई सम्मान गरेकोमा सत्–विचार राष्ट्रिय माशिक पत्रीकालाई विशेष धन्यवाद समेत दिनुभयो ।

पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा समेत लगानी गर्नुभएका अलीले भुकम्प लगायत विपतका बेलामा महत्वपूर्ण सहयोग गर्दै आउनु भएको छ ।
अन्य फोटोहरु :-






1324 पटक हेरिएको 

