डा. केसीको जिवनरक्षा गर्न माग गर्दै काँग्रेसले गर्यो संसद अवरूद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आमरण अनशनरत डा गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै संसद अवरोध गरेको छ ।

संसद बैठक शुरू हुनासाथ काँग्रेसका सांसद पुष्पा भुषालले आमरण अनशनरत डा गोविन्द केसीका माग सम्बोधन गर्न सरकार गम्भीर नदेखिएको र वार्ताका लागि कुनै ठोस् पहल नगरेको आरोप लगाइन् ।

उनले भनिन्, “मुलुकमा बाढी, पहिरो र डुबानले आक्रान्त हुनुका साथै रोगको संक्रमण फैलिने सम्भावना छ, यस्तो अवस्थामा स्वास्थ्यकर्मीको आन्दोलन चर्केर मुलुकका अस्पतालमा स्वास्थ्य सेवा बन्द भएपछि जनताको स्वास्थ्य हालत के होला ?”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार