विपि राजमार्गमा ठुला सवारी साधन चलाउन दिन सर्वोच्चको अादेश

काठमाडौं । सर्वोच्च अदालतले विपी राजमार्गमा ठूला सवारीसाधन चलाउन नदिने सरकारी निर्णय कार्यान्वयन नगर्न अादेश जारी गरेको छ ।

यसअघि सर्वोच्चले नै जारी गरेको अन्तरिम आदेश खारेज गर्दै न्यायाधीशद्वय मिरा खड्का र ईश्वरप्रसाद खतिवडाको इजलासले विपी राजमार्गमा ठूला सवारीसाधन चलाउन खुला गरेको हो ।

सर्वोच्चले सम्पूर्ण सवारीसाधनमाथि रोक लगाउनु सुविधा र सन्तुलनको दृष्टिबाट जनतामाथि असर पर्ने भएकाले सवारी सञ्चालनमा रोक लगाउन उपयुक्त नभएको भनेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार