केन्द्रदेखि प्रदेशसम्मका संसद चल्न नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले चिकित्सा शिक्षा अध्यादेश अनुसारकै विधेयक संसदमा पेश नगरे केन्द्रदेखि प्रदेशसम्मका संसद चल्न नदिने निर्णय गरेको छ ।

आज काठमाडौंमा बसेको काग्रेसका शीर्ष नेताहरुको बैठकले तोडमोड गरी ल्याइएको विधेयक विरुद्धमा दवाब बढाउने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने र डा.केसीसँग भएको सहमतिका आधारमा विधेयक आउनु पर्ने कांग्रेसको अडान रहेको छ ।

प्रवक्ता शर्माले बिहीबार गण्डकी प्रदेशको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनलाई भने अवरोध नगर्ने र सम्बोधनपछि मात्र बैठक अवरुद्ध गर्ने स्पष्ट पार्नुभयो ।

त्यस्तै काग्रेसले बिहीबार बस्ने प्रतिनिधीसभा बैठकमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने संबैधानिक व्यवस्थालाई पनि छलफलका लागि प्रवेश गराउने तयारी भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार