जी टु जी प्रणालीबाट मलेसिया कामदार पठाउने तयारी

काठमाडाैँ । मलेसियाले नेपाली कामदार मलेसिया नपठाउने निर्णय पुनर्विचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरले निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन् ।

नेपालले आफ्ना कामदार पठाउन रोक लगाएपछि मलेसियन सरकारले पहिलो पटक यस विषयमा औपचारिक रूपमा जानकारी दिएको हो।

मलेसिया जान भिसा प्रोसेसिङका लागि वन स्टप सेन्टर र भिएलएन नेपालसहित ५७ देशमा छ। भिसा प्रोसेसिङका लागि मलेसियन सरकारले निजी कम्पनीहरूलाई एउटै प्रक्रियाबाट ल्याउन सहमति गरेका कारण नेपालको हकमा पनि त्यसलाई उल्टाउन नसकिने तर नेपाली कामदारमा विषयमा देखिएको समस्या समाधानका लागि मलेसियन सरकार उपयुक्त विकल्प खोजीरहेको उनले बताए।

समस्या समाधान गर्न दुई देशका सरकारबीच सम्झौता गरेर अर्थात जी टु जी प्रणालीमार्फत् कामदार ल्याउने व्यवस्था गर्न सकिने उनले बताए।

मलेसिया जाने कामदारसँग विभिन्न संस्थाले गैरकानूनी रूपमा रकम लिएर ठगी गरेको भन्दै सरकारले मलेसिया जान रोक लगाएको छ। मन्त्री एम कुलाशेगरले मलेसियाको विदेशी कामदार ल्याउने प्रक्रिया सबै देशहरूमा एउटै भएको र नेपालका विषयमा यसलाई हटाउन नसकिने बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार