११ कात्तिक, काठमाडौं : – आसन्न प्रतिनिधी सभा र प्रदेशसभा चुनावमा नुवाकोट जिल्लाबाट ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसमध्ये, चर्चाको शिखरमा छन्, विमल तामाङ । विवेकशील साझा पार्टीले जिल्लामा पहिलो पल्ट तामाङलाई प्रदेश १, को “क” मा उम्मेदवारी बनाएपछि उनको चर्चा शिखरमा पुगेको हो । यो क्षेत्रबाट वाम गठवन्धनको तर्फबाट पुर्व कुषिराज्यमन्त्री राधिका तामाङ र नेपाली काग्रेसको तर्फबाट पूर्व जिल्ला उपसभापति महेन्द्र थिङको उम्मेदवारीपरेको छ । विमल तामाङ, नुवाकोट थप्रेकका वासिन्दा हुन् । स्नातक तह सम्मको अध्ययन पुरा गरेका तामाङले प्राथमिक शिक्षा स्थानिय विधालय श्री उदय जालपा देवी थप्रेकबाट पास गरेका थिए । ६ कक्षा देखि राजनीतिकमा लागेका तामाङले प्रमाणपत्र तहसम्म स्ववियुको विभिन्न तहमा रहेर काम गरे । आर्थिक अभावको कारण स्नातक तह अध्ययन गर्दा गदै विदेशिन वाध्य तामाङले केही समय राजनैतिक बाट टाढा समेत हुनुपर्यो । तर, विदेशमा भन्दा स्वदेशमा केही गर्नूपर्छ भन्ने सोचका साथ नेपाल फर्किएका तामाङको अहिले काठमाडौमा आफ्नै इन्टायर गोर्खाली सक्यूरिटी कम्पनी समेत छ । उनको कम्पनीमा अहिले २ सय भन्दा वढीले रोजगारी पाएका छन् । तालिम लिएका हजारौले विभिन्न देशमा रोजगारी समेत गरिरहेका छन् । सेकुरिटी कम्पनी वाहेक तामाङ आफै पनि सुरक्षा गार्ड सम्वन्धी ज्ञाता हुन् । तामाङले लेखेका थुपै पुस्तकहरु बजारमा छन् । त्यसमध्ये उनको लोकप्रिय पूस्तक हो, “द परफेक्ट सेक्युरिटी गार्ड नलेज” । यस वाहेक तामाङले तयार पारेको बैदेशिक रोजगारीमा सुरक्षा गार्डमा जाने कामदारका लागि पाठ्यक्रम धेरै इन्स्टिच्युटहरुले पढाउने समेत गरेका छन् । नेपालमा सुरक्षा गार्ड सम्वन्धी व्यवसायमा समेत रमाईरहेका तामाङले किन राजनीतिकमा आउनु पर्यो त, भन्ने हाम्रो जिज्ञासामा, उनले यस्तो जवाफ दिए । “म राजनितीमा सुसंस्कृती राजनीति, न्याय, विकास र समृद्धिका लागि आएको हुं”- मैले व्यवसायमा पैशा कमाउन सकेको छैन । तर, साथीभाई भने पक्कै कमाएको छु, ” । त्यही साथी भाईको सहयोग र हौसलाले आज मैले विवेकशील साझा पाटीको तर्फबाट उम्मेदवारी दिएको हुँ । “राजैनिक सेवा भन्दा, पैशा कमाउने मेलाको रुपमा परिणत हुदै गएको भन्दै यसलाई सुधार्न आफु राजनैतिक लागेको समेत तामाङ बताउछन् ” । हाल, विवेकशील साझा पार्टी, नुवाकोटको प्रचार प्रसार समितीका संयोजक समेत रहेका तामाङले चुनावमा आफुले जित्ने समेत विश्वास व्यक्त गरे ।
को हुन् त विमल तामाङ ?


5476 पटक हेरिएको 

