एनप्याब्सनले आफ्ना कार्यक्रमलाई सक्रिय बनाउदै लैजाने

२३,काठमाडौं । एनप्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीले आफ्ना कार्यक्रमलाई सक्रिय वनाउदै लैजाने भएको छ । एनप्याब्सनको पछिल्लो कार्यक्रम बारे समिक्षा गर्न सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । एनप्याब्सन नगर कमिटीका अध्यक्ष अमृत कुमार खड्काले गत वर्ष आफुहरुले विभिन्न कार्यक्रम गरेको र अगामी वर्ष पनि अन्तरविधालय विच गरिने कार्यक्रमलाई जोड दिने बताउनुभयो ।

त्यस्तै, बैठकले छिट्टै नयाँ कार्यक्रम गर्ने र सदस्यहरुबाट लिईने शुल्कलाई समेत बुद्धि गर्ने निर्णय गरेको एनप्याब्सनका कोषाध्यक्ष प्रेमकुमार भुजेलले बताउनुभयो । बैठकमा एनप्याब्सनका पुर्व केन्द्रीय अध्यक्ष कर्ण बहादुर शाहीले शैक्षिक क्षेत्रमा एनप्याब्सनको भुमिका महत्वपुर्ण भएको भन्दै अभिभावक, विधार्थीहरुको मनजित्ने काम गर्न कागेश्वरी मनोहरा नगर कमिटीलाई आग्रह गर्नूभएको थियो ।

बैठकमा एनप्याब्सन नगर उपाध्यक्ष, एन. वि. निरौला, सचिव सुजन थपलिया लगायतको उपस्थिती रहेको थियो । एनप्याब्सनले गत शुक्रवार मात्रै अन्तरविधालय नृत्य प्रतियोगिता तथा एस .ई. ई उत्कृष्टलाई सम्मान कार्यक्रम आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार