अर्थमन्त्री खतिवडालाइ हटाउन अोलीसँग नेकपा सांसदकै माग

काठमाडौं । सत्तारूढ दल नेकपाकै सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन माग गरेका छन् ।   भेटमा दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौंधरीले बजेट सार्वजनिक भएसँगै सरकारप्रति जनताको आकर्षण घटेको भन्दै त्यसको कारण अर्थमन्त्री भएको बताए ।

उनले डा. खतिवडाले सरकारलाई अलोकप्रिय बनाउने काम गरेको भन्दै हटाउन माग गरेकाे बताए । भेटमा प्रधानमन्त्री अोलीले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले मुलुकको अर्थतन्त्र धराशायी बनाएकाले यस वर्षको बजेटमा वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न नसकिएको सांसदहरूलाई जानकारी दिएक थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार