गृहमन्त्री थापाले भने– चन्दा अातंक मच्चाएका कारण प्रकाण्ड पक्राउ

चितवन । गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरेको बताएका छन् ।

चितवनमा भएको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरेकाे बताएका हुन् ।

उनले सुन तस्करीको अनुसन्धान जारी रहेको र तस्कर नछुट्ने बताउँदै सरकारले देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न लागेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार