२५, काठमाडौं । “अर्किड आइडल गायन प्रतियोगिता- २०७५” को उपाधि रोनिशा गोलेले हात पारेकी छिन् । शुक्रबार काठमाडौंको मनोहरा स्थित अर्किड प्युपल स्कुलको प्रागणमा भएको फाइनल गायन प्रतियोगितामा ८२ जना प्रतिस्पर्धीलाई पछि पार्दै गोलेले हात पारेकी हुन् ।

त्यसैगरी, दितीय पुरस्कार सबिन पौडेल, तृतीय पुरस्कार लबिका कार्की र सान्त्वना पुरस्कार मिन्जल जिसिले जितेकी छन् । बिजेताहरुलाई शुक्रबारै अर्किड प्युपल स्कुलका अध्यक्ष प्रेम कुमार भुजेलले प्रमाणपत्र, ट्रफी प्रदान गर्नुभयो ।

अर्किड प्युपल स्कुलले हरेक बर्ष “अर्किड आईडल गायन प्रतियोगिता” गर्दै आएको छ । त्यसैको निरन्तरता स्वरूप यस बर्ष पनि कार्यक्रम आयोजना गरिएको अर्किड प्युपलका अध्यक्ष भुजेलले बताउनुभयो । उहाँले बिगत ६ बर्ष देखि दिदै आएको नृत्य प्रतियोगिता पनि आगामी भदौ ९ गतेबाट शुरु हुने बताउनुभयो ।
बिधालयले बिद्यार्थीको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले आयोजना गर्दै आएको यो प्रतियोगितालाई विशेष महत्त्वका साथ हेरिदै आएको छ । यस बर्ष पनि गायन प्रतियोगिताको मुख्य निर्णायक मण्डलको भुमिकामा बरिस्ठ संगीतकार पुर्ण परियारले निर्बाहा गर्नुभएको थियो ।



4113 पटक हेरिएको 

