पहिरोले भेरी नदी थुनियो, ३ घर बगे

जाजरकोट । जाजरकोट र रुकुमको सिमाना क्षेत्रमा पर्ने नलगाढ नगरपालिका १२ को ठूलीबगरमा पहिरो जाँदा भेरी नदी थुनिएको छ ।

लगातारको वर्षापछि नदी माथिबाट आएको चट्टानसहितको पहिरोले नदी थुनिएको हो ।

नदी करिव २ मिनेट थुनिएपछि नदीमा जमेको पानी निकास हुँदा नदी आसपास रहेका जाजरकोटतर्फका तीन घर बगेका छन् भने दर्जन बढी घरमा क्षति पुगेको छ ।

पहिरो खस्दा नदीमा जमेको पानी अझै पूर्ण रुपमा निकास भइनसकेको हुँदा नदी आसपासका वस्ती उच्च जोखिममा रहेका छन् । नदीले पु¥याएको क्षतिको विषयमा विस्तृत विवरण आउँन बाँकी रहको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार