२ भदौ, काठमाडौ । काठमाडौंको शान्तिनगरमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल अर्वुद रोग निवारण संस्था, ललितपुर शाखा, लायन्स क्लव अफ काठमाडौं ग्याण्ड सेन्टिनियल र दिर्घ महिला शान्ति समुह, शान्तिनगरको संयुक्त आयोजनामा एक दिने शिविर सम्पन्न भएको हो ।

३ नम्वर प्रदेशका सांसद गणेश दुलालको पहलमा आयोजना गरिएको शिविरमा १ सय ५३ जना महिलाले निशुल्क स्तन तथा पाठघरको परिक्षण गरेका थिए । शिविरबाट त्यस क्षेत्रका विपन्न तथा गरिव महिलाहरु लाभान्वित भएको ३ नम्बर प्रदेशका सांसद गणेश दुलालले जानकारी दिनुभयो ।

लायन्स क्लव अफ काठमाडौं ग्याण्ड सेन्टिनियलले केही समययता देखि स्वास्थ्य, शिक्षा, पुननिर्माणको क्षेत्रमा महत्वपुर्ण सहयोग गदै आएको छ । त्यसैको निरन्तरा स्वरुप शान्तिनगरमा शिविरको आयोजना गरिएको ग्याण्ड सेन्टिनियलका अध्यक्ष सर्जुवावा श्रेष्ठले बताउनुभयो । शिविरमा अर्वुद रोग निवारण संस्थाका सचिव तथा लायन्स केदार कार्की, लायन्स विनिता रिमाल लगायत समाजसेवाी, राजनैनिक दलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।




2717 पटक हेरिएको 

