१८ औं एशियाली खेलकूद सुरु

काठमाडौं । १८ औं संस्करणको एशियाली खेलकूद प्रतियोगिताको  भब्य समारोका बीच उद्घाटन गरिएको छ । सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले प्रतियोगिताको उद्घाटन गरे ।

उद्घाटन समारोहमा सहभागी राष्ट्रका सबै खेलाडीले आफ्नो देशको राष्ट्रियता झल्कने पोशाकमा मार्चपास गरेका थिए। उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले जनाएको छ । एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार