३ भदौ, काठमाडौं । लायन्स क्लव अफ काठमाडौं ग्याण्ड सेन्टिनियलले शान्तिनगर स्थित शुकुम्वासी वस्तीका असक्त शान्ती लामा र भगवती कार्कीको परिवारलाई व्हिल चियर वितरण गरेको छ । क्लवका अध्यक्ष सर्जुवावा श्रेष्ठ र ३ नम्वर प्रदेशका सांसद गणेश प्रसाद दुलालले शनिवार सयुक्त रुपमा व्हिल चियर हस्तान्तरण गर्नुभएको हो ।

मोती विन्दुका कारण कुजो भएका लामा र असक्त कार्की लामो समय देखि वाहिर भित्र गर्न सकेका थिएनन । व्हिल चियर पाएपछि दुवै परिवारलाई केही सहयोग पुगेको ३, नम्वर प्रदेशका सांसद गणेश प्रसाद दुलालले जानकारी दिनुभयो । सांसद दुलालकै पहलमा केही दिन अघि त्यस ठाउँमा आएको वाढीबाट प्रभावित भएकाहरुलाई ग्याण्ड सेन्टिनियलको सहयोगमा एक दिन भोजन समेत गराएको थियो ।



2594 पटक हेरिएको 

