रामेछाप – जिल्ला समन्वय समिति (जिसस) रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि अज्ञात समूहले छुरा प्रहार गरेको छ ।
अधिकृत सुवेदीमाथि बुधबार राति साढे ८ बजेतिर छुरा प्रहार भएको रामेछापका डिएसपी अमरेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् । सुवेदीको अहिले काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको डिएसपी सिंहले बताए ।
मन्थली नगरपालिका–१ मच्छेडाँडीमा रहेको सुवेदीको घरमै आएर नचिनेका व्यक्तिले छुरा प्रहार गरेका हुन् । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी सिंहले जानकारी दिए । सुवेदीको पेटमा छुरा प्रहार भएको हो ।

509 पटक हेरिएको 

