दक्षिण एसियामै पहिलो ‘स्काईवाक’ बन्ने

काठमाडौँ । वन्डर्स नेपाल प्रा.ली.ले काठमाडौंको कमलादीमा दक्षिण एशियाकै पहिलो ‘स्काईवाक’ निर्माण गर्ने भएको छ ।

शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गरेर वन्डर्स नेपालले आउने विजया दशमीको घट्स्थापनाको दिन उक्त स्काईवाकको शिलान्यास गर्ने जानकारी दिएको हो । वन्डर्स नेपालका अध्यक्ष आर्कषण पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरु भित्र्याउने उद्देश्यले स्काईवाक निर्माण गर्न लागिएको बताएका छन् ।

राजधानीको कमलादीमा १३.२ रोपनी जग्गामा उक्त ‘स्काईवाक’ निर्माण हुने र लागत २ सय करोड लाग्ने उहाले बताउनुभयो । सरकारको तर्फबाटपनि उचित साथ पाएको बताउँदै अध्यक्ष पोखरेलले तीन वर्षभित्र निर्माण कार्य पूरा हुने दाबी गर्नुभयो । उहाले स्काईवाकले देशको पर्यटन विकास र प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गर्नुभयो ।

त्यस्तै कार्यक्रममा तत्कालिन् प्रधानमन्त्री केपी शर्मा ओलीका विकास सल्लाहकार गजेन्द्र थपलियाले बिदेशबाट स्वदेश फर्केका यूवाहरुले गर्न लागेका राम्रा काममा सञ्चारमाध्यायमले साथ दिनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार