रसुवा । वर्षाका कारण अवरुद्ध नेपाल चीनबीच रसुवाखण्डको राजमार्ग आज अपराह्नबाट पूर्णरुपले सञ्चालनमा आएको छ ।
रसुवागढी नजिकको पहिरोमा पहरो फुटाली नयाँ ट्र्याक खोलिएपश्चात् मालवाहक सवारी साधन आवतजावत थालिएकोे हो । धुञ्चे नदी आसपासका दुई पहिरो क्षेत्रमा पनि नयाँ ट्र्याक खोली सोमबारबाट यातायात सञ्चालन गरिएको र रसुवाखण्डको पासाङल्हामु राजमार्ग र स्याफ्रुबेशी रसुवागढी खण्डमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।
व्यापारीले धमाधम आयात गर्न शुरु गर्ने प्रक्रिया अगाडि बढाइसकेको र नेपाल सरकारका तर्फबाट रसुवा भन्सार कार्यालयले दैनिक १०० भन्दा बढी मालवाहक सवारी साधनको जाँचपास गर्ने व्यवस्था मिलाई दिन समेत आग्रह गरेका छन् ।

367 पटक हेरिएको 

