तीजको अवसरमा भिमेश्वर एकेडेमीमा भव्य कार्यक्रम, मंगलवार सांस्कृतिक कार्यक्रम हुँदै

२५ भदौ, काठमाडौं । काठमाडौंको काडाँघारी स्थित भिमेश्वर एकेडेमीले नेपाली महिलाहरुको महानपर्व तीजको अवसरमा दर खाने कार्यक्रम गरेको छ । एकेडेमीले सोमवार विधालयको प्रागणमा विधार्थी, अभिभावक, शिक्षकहरुलाई दर खुवाएको हो ।

कार्यक्रम महिलाहरुले एक आपसका दुखसुख साटासाट गर्नूको साथै रमाइलो समेत गरेका थिए । पछिल्लो समयमा विधालयहरुले नेपालीहरुको महत्वपुर्ण चाड विशेष कार्यक्रम गदै आएका छन् ।

यसले विधार्थीहरुलाई आफ्नो संस्कृतीका विषयमा बुझ्ने र विधालयलाई पनि अभिभावकहरुको मनोविज्ञान थाहा पाउन सजिलो भएको भिमेश्वर एकेडेमीका प्रधानाध्यापक अमृत खड्काले बताउनुभयो । उहाले विधालयले मंगलवार विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको समेत बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार